तुलसीपुर , साउन ५ । तुलसीपुर उपमहानगरपालिका – १२ कचिलाका २१ बर्षीय किरण खत्री सितलपुर घाट नजिकै मृत अवस्थामा फेला परेका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार खत्री आइतबार बेलुकी साढे ६ बजेतिर सितलपुरघाट नजिकै मृत अवस्थामा फेला परेका थिए ।
मृतकको शरिरमा कुनै चोट पटक वा घाउ खत नरहेको डिएसपी ठकुरीले बताए । खत्री गाउँ घरमा गाँजा सेवन गर्दै हिड्ने गरेको कुरा प्रारम्भीक अनुसन्धानबाट खुलेको डिएसपी ठकुरीले जानकारी दिए ।
शब पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । थप कुरा पोष्टमार्टम पछि थप कुरा भन्न सहज हुने प्रहरीको भनाइ छ । तर, एक आफन्तले भने खत्रीको मृत्युको घटना संकाष्पद रहेको दाबी गरे ।
खत्रीको शब फेला परेपछि उनको झोला सितलपुर मन्दिरको पूजारीले दिएको उनले बताए । ती आफन्तका अनुसार खत्री आइबार बिहान घर नजिकैका एक जना साथीलाई भेट्न गएका थिए ।
जो ब्यक्ति आइतबार नै इण्डिया गइ सकेका छन् ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

