२०८३ असार ५ गते शुक्रवार

बिपी कोइरालाको ४३औं स्मृति दिवसमा वृक्षरोपण गरिने


दाङ, साउन ४। नेपाली कांग्रेस दाङले नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ।

नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको आयोजनामा साउन ६ गते मंगलबार बिहान ११ः३० बजे दंगीशरण गाउँपालिका–६ स्थित भानु माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम गरेर विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस मनाउन लागेको हो ।

नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुनकुमार योगीले आईतबार सूचना जारी गर्दै वृक्षारोपण कार्यक्रम गर्न लागेको जानकारी दिएका हुन् ।

साथै सचिव योगीले कार्यक्रममा उपस्थितिका लागि नेपाली कांग्रेसका जिल्ला पदाधिकारी, स्थानीय नेता, कार्यकर्ता, समाजसेवी, विद्यालयका प्रतिनिधि तथा सर्वसाधारण सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *