बिजौरी,साउन ४ । तुलसीपुर उपमहानगरपालिका वडा न १८ विजौरी रहेको ममता पाउरोटी उद्योगमा काम गर्ने क्रममा एक किशोरी घाइते भएकी छिन ।
घाइते हुनेमा तुलसीपुर १८ निवासी पेसल राम सुनारकी छोरी बर्ष १७ कि श्रीजना सुनार रहेकी छिन ।
सुनार आइतबार बेलुकी ५ बजेको समयमा उद्योगमा
तेलको कराइ निकाल्ने क्रममा तेलको कराई हातबाट छुट्न जाँदा खुट्टा र ढाडमा लागी जलेर घाइते भएको प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज भरत वलीले जानकारी दिए ।
उनका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भई रहेको छ ।
घाइते सुनारको अवस्था मध्यम छ ।
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
