२०८२ कार्तिक २९ गते शनिवार

मदिरा सेवन पछि झगडा, दुई युवाको टाउको फुट्यो

तुलसीपुर, साउन ४ । तुलसीपुरको उरहरीमा मदिरा सेवन पछि दुई युवा बीच कुटाकुट भएको छ ।


दुबै जनाको टाउकोमा चोट छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार मदिरा सेवन पछि भएको बिबाद र झगडाका कारण तुलसीपुर उपमहानगरपालिका – ११ बेलटाकुराका २६ बर्षीय खिमबहादुर गिरी र सोही वडाको जसपुरका २२ बर्षीय लक्ष्मण बिकको टाउकोमा घाउ चोटहरु लागेको छ ।

प्रहरीका अनुसार घटनामा चक्कुपनि प्रहार भएको देखिएको छ । ‘ एक जनाले चक्कु र अर्कौले लाठी प्रहार गरेको भन्ने खुल्छ,’ प्रहरी निरीक्षक मगरले भने ।

शनिवार राति साढे ९ बजेतिर तुलसिपुर–११ गैरामा दुबै जनाले मदिरा सेवन गरि रहँदा आपसमा बिबाद गरि कुटाकुट गर्दा दुबैको टाउको फुटेको प्रहरीले जनाएको छ ।


प्रहरी चौकी उरहरीबाट प्रहरी नायव निरीक्षक एकबहादुर खड्काको कमाण्डमा गएको प्रहरीले दुबै जना घाइतेलाई राति उपचारका लागि अस्पताल पुर्‍याएको थियो ।

अहिले पनि उनीहरु दुबै जनाको उपचार राप्ती प्रादेशिक अस्पतालमा भइ रहेको छ । दुबैको अवस्था सामान्ने बन्दै गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *