२०८३ असार २७ गते शनिवार

गाडीले किचेर एक जनाको मृत्यु


दाङ,साउन ४ । दाङको देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु छ ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानियाको गाडीले किचेर मृत्यु भएको हो ।

आइतबार बिहान करिब ६ बजेतिर आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको टायरमा राखिएको ओट हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेपछि बानियाँलाई गाडीले किचेको प्रहरीले जनाएको छ ।

गाडीले किच्दा गम्भीर घाइते भएका बानियालाई तत्काल लमही अस्पताल पुर्‍याएपनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् ।

हाल मृतकको शव लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *