तुलसीपुर, साउन २ । दंगीशरणको सुकदेवाका तीन जना किसानलाई प्रलोभनमा पारी उधारोमा राँगा भैंसी खरिद गरि सम्पर्क बिहिन बनेका गढवाका एक जना मुसलनमान पक्राउ परेका छन् ।
जिल्लाको दंगीशरण गाउँपालिका – ४ सुकदेवा गाउँका किसान तेजमान चौधरी लगाएतका तीन जना ब्यक्तिलाई प्रलोभनभमा पारी ट तीन जोडी (६ वटा) राँगा भैंसी उधारोमा खरिद गरि लगेपछि सम्पर्क बिहीन बनेका ब्यक्ति पक्राउ परेका हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार गढवा गाउँपालिका – ४ पर्सा गाउँका ४४ बर्षीय महोम्मदजमिल मुलसमानलाई झन्डै पौंने तीन लाख ठगी गरेको जोहरीका आधारमा पक्राउ गरिएको हो ।
मुलसमानले राँगा भैंसीको परल मूल्य भन्दा धेरै मूल्य कायम गरि सुकेदेवाका चौधरी समुदायका किसानलाई प्रलोभनमा पारी उधारोमा दुई लाख ८० हजारमा राँगा भैंसी खरिद गरेका थिए ।
किसानलाई झुक्याउन प्रलोभनमा पारी उधारोमा राँगा खदिर गरी लगेपछि मुसलमान सम्पर्क बिहिन बनेका थिए ।
त्यसपछि पीडित किसानले जिल्ला प्रशासन कार्यालय घोराहीमा पुगेर मुसलमान बिरुद्ध असार २१ गते ठगी सम्बन्धी उजुरीका लागि निबेदन दिएका थिए ।
प्रशासन कार्यालयले पीडित किसानले दिएको निबेदन जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि भन्दै पठाएको थियो ।
प्रशासनले पठाएको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयबाट ठगी गरिएका भनिएका मुसनमानलाई पटक पटक फोन सम्पर्क गरेको थियो । तर, जति पटक बोलाएपनि मुसलमान कहिलै प्रहरीको कार्यालयमा उपस्थित भएनन् ।
प्रलोभनमा पारी उधारोमा राँगा र भैंसी फुत्काएर सम्पर्क बिहीन भएका मुसलमानलाई खोजी गर्दै जाने क्रममा पीडित मध्यका तेजमान चौधरीले असार २२ गते लमही नगरपालिकाको रातोडाँडामा फेला पारी राँगाको पैशा मागेका थिए ।
जतिखेर मुलसमानले चौधरीलाई धकलपकल गरी पैंशा नदिने भन्दै जे गर्न सक्छस गर भनेर धम्कि दिएका थिए । त्यसपछि चौधरीले असार २५ गते जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर मुलसमान बिरुद्ध अभ्रद ब्यबहार कसुरमा किटानी जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा खोजी गर्ने क्रममा प्रहरीले मुसलमानलाई जिल्लाको गढवा क्षेत्रवाट असार ३२ गते नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिए ।
मुसलमान माथि आवश्यक अनुसन्धान भइ रहेको हुँदा प्रहरीले थप अरु कोही उनी बाट पीडित भए जाहेरी लिएर आउन आग्रह गरेको छ ।
पक्राउ परेका मुसलमान माथि थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
