२०८२ कार्तिक २९ गते शनिवार

उच्च अदालत तुलसीपुरमा हाल बर्षदिन नाघेका मुद्दाको संख्या शून्य

तुलसीपुर, साउन १ । उच्च अदालत तुलसीपुरमा हाल एक बर्ष नाघेका एउटै मुद्दापनि बेचेका छैनन् । आर्थिक बर्ष २०८१/०८२ मा अदालतले एक बर्ष पुराना सबै मुद्दाको फैसला गरि त्यो संख्या सून्यमा झार्न सफल भएको हो ।


बितेको आर्थिक बर्षमा उच्च अदालत तुलसीपुरले दश बर्ष पछि सबैभन्दा धेरै मुद्दा फैसला गर्न सफल भएको छ । अदालतबाट आर्थिक वर्ष ०८१ / ८२ मा लक्ष्यभन्दा करिब ४२ प्रतिशत बढी मुद्दाको फैसला भएका छन् ।


बितेको आर्थिक बर्षमा ८७१ थान मुद्दा फर्छौट गर्ने अनुमानित लक्ष्य राखिएको थियो । तर, त्यो भन्दा अघिल्लो आर्थिक बर्षका जिम्मेवारी सरेका ४१४ थान र बितेको आर्थिक बर्षमा दर्ता भएका १०४३ थान मुद्दासमेत गरी कुल १४५७ मुद्दाहरु अदालतमा दर्ता भएका थिए। ती मध्ये १२४५ मुद्दाहरु फर्छौट भएका छन् ।

अदालका सूचना अधिकारी मुधुसुदन पन्थीले दर्ता भएका मुद्दाहरुको ८५.४४ प्रतिशत मुद्दाहरु फर्छाैट भएको जानकारी दिए । अदालतमा दर्ता भएका मुद्दाहरु मध्ये अब जम्मा २१२ वटा मुद्दा मात्रै बाँकी रहेका छन् ।


ती मुद्दाहरु मध्ये पनि अधिकांश इजलासमा अन्तिम फैसला गर्नका लागि प्रक्रिया नपुगेका मुद्दाहरु मात्रै रहेका छन् । बाँकी रहेका मुद्दाहरू मध्य ६ महिना नाघेका मुद्दाको संख्या जम्मा ४४ वटा र ६ महिना भित्रका १६८ वटा मुद्दा मात्रै बचेका छन् ।


उच्च अदालत तुलसीपुरले एक दशक यताकै सबैभन्दा धेरै मुद्दा फैसला गर्न सफल भएको छ।

त्यसयता सबै भन्दा धेरै मुद्दाहरुको ८५.४४ प्रतिशत मुद्दाहरु फर्छाैट भएको अदालतका सूचना अधिकारी पन्थीले जानकारी दिएका छन् ।

अघिल्लो आर्थिक बर्षमा १४९९ लगत मध्ये १०८५ अर्थात ७२.३८ मुद्दा फछ्र्यौट भएका थिए भने बितेको आर्थिक बर्षमा ८५ प्रतिशतभन्दा बढी मुद्दा फैसला गरिएका छन् । जुन विगत एक दशककै सबैभन्दा धेरै मुद्दा फैसला भएको दर हो ।


दश बर्ष पहिले आर्थिक बर्ष २०७५ /०७६ मा पनि एक बर्ष नाघेका मुद्दाको संख्या शून्यमा झारिएको थियो । आर्थिक बर्ष २०८१ / ०८२ मा विगतमा भन्दा मुद्दा दर्ता संख्या र फैसला संख्यापनि धेरै रहेको छ । यो अदालतबाट सबैभन्दा धेरै मुद्दा न्यायाधीश सोमकान्त मैनालीले फैसला गरेको रेकर्ड छ ।

उच्च अदालतको कार्यक्षेत्र दाङ प्यूठान, रोल्पा र रुकुम पूर्व गरि चाल जिल्लाहरु छन् । लुम्विनी प्रदेशका बुटवल र नेपालगंज उच्च अदालत तुलसीपुर उच्च अदालतका इजलासका रुपमा छन् ।

लुम्बिनी प्रदेशका उच्च अदालत मातहतका माथि उल्लेखित चार जिल्लाहरु मध्ये सबैभन्दा बढी मुद्दाको चाप दाङ जिल्लामा रहेको पाइएको छ । त्यस्तै सबैभन्दा कम मुद्दा रुकुम पूर्वमा रहेको पाइएको छ ।


उच्च अदालत तुलसीपुरका साथै अदालत अन्तर्गतका जिल्ला अदालतहरू दाङ, प्यूठान, रोल्पा र रुकुम पूर्व जिल्ला अदालतको काम कारबाही पनि बितेको आर्थिक बर्षमा उत्कृष्ट रहेको पाइएको छ ।

बितेको आर्थिक वर्षमा थुनुवा मुद्दा तर्फ आर्थिक बर्षको जिम्मेवारी सरेका ५९ र नयाँ दर्ता १३३ गरी जम्मा १९२ मुद्दाहरु रहेका थिए । ती मध्ये १५५ फछ्र्यौट भएका छन भने ३७ थान मुद्दाहरु मात्र फैसला गर्न बाँकी रहेका छन । अब उच्च अदालतमा मुलतवीमा रहेका मुद्दाहरुको संख्या जम्मा ५९ रहेको छ ।


त्यस्तै मेलमिलापमा पठाएका मुद्दाहरुको संख्या २४४ रहेको छ जुन कुल मुद्दाको ४०.६६ प्रतिशत हो । बितेको आर्थिक वर्षमा मेलमिलापको माध्यमबाट २३७ मुद्दाहरु फछ्र्यौट भएका थिए ।


अब ७ वटा त्यस्ता मुद्दाहरु मात्रै प्रक्रियामा रहेका छन । यस अन्र्तगत सफल मुद्दाहरु ३३ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षबाट लगत सरेर आएका ९ वटा मुद्दाहरु थिए भने मेलमिलापमा आएका नयाँ दर्ता मुद्दाहरु २३५ थान गरी कुल २४४ थान मुद्दाहरु रहेका छन । उच्च अदालतमा सूचीकृत मेलमिलापकर्ताको संख्या १२ जना रहेको छ ।


हालसम्म यो अदालतमा १५ हजार २९३ मुद्दाका मिसिल अभिलेखमा दर्ता भएको पाइएको छ । बितेको आर्थिक बर्षमा मात्रै ११६३ मिसिल दर्ता भएका थिए । पुराना मिसिलहरु स्क्यान गरी कम्प्युटर प्रणालीमा अपलोड गर्ने कार्य समेत भइरहेको सूचना अधिकारी पन्थीले बताए ।


हालसम्म २३६९ मिसिलहरु स्क्यान गर्ने कार्य सकिएको छ । बितेको आर्थिक बर्षमा मात्रै १२५४ मिसिल स्क्यान गर्ने कार्य सकिएको पन्थीले बताए ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *