२०८३ असार २८ गते आइतवार

चोरी ल्याएको १५ तोला सुनका गरगहनासहित ६ जना पक्राउ

दाङ, असार ३१ । बाँके प्रहरीले भारतबाट चोरी ल्याएको १५ तोला सुनका गरगहना र झन्डै आठ लाख नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ ।
पक्राउ परेका सबै कालिकोटका हुन ।


कालिकोटको रासकोट नगरपालिका –ंं १ का ४२ वर्षीय मनबहादुर शाही, ४२ वर्षकै तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका – ८ का ४५ वर्षीय प्रेमबहादुर खत्री, उनकी श्रीमति ३८ वर्षीया अनिता खत्री, छोरा १८ वर्षीय पंकज केसी र नरहरिनाथ गाउँपालिका – ९ की २८ वर्षीया सरिता शाही पक्राउ परेका छ्न ।

इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार भारतको दिल्लीबाट उनीहरुले सुनका गरहगहना चोरी गरि आएको भन्ने खुलेको बताइन ।

‘उनीहरूले आपसमा योजना बुनेर गरगहना र नगद चोरी गरि त्यहाँबाट भागेर नेपाल आएको खुल्छ,’ उनले भनिन् ।
उनीहरूले आफूहरूले काम गर्ने घरबाट १५ तोला सुनका गरगहना र ७ लाख ८७ हजार नेपाली रुपैयाँ चोरी गरि भागेको सूचनाका आधारमा प्रहरीले कुरेर उनीहरुलाई पक्राउ गरेको थियो ।

खनालका अनुसार सरिता र अनिता विगत डेढ वर्षदेखि दिल्लीको एक घरमा खाना पकाउने, सरसफाइ गर्ने जस्ता काम गर्थे । घरभित्रको सम्पूर्ण काम गर्दै आएका उनीहरूले यो बीचमा घरधनीको विश्वास जितिसकेका थिए।

त्यसपछि बल्ल उनीहरुले चोरीको योजना बुनेर कालिकोटबाट थप चार जना पुरुषलाई चार दिन पहिले मात्रै दिल्ली बोलाएका थिए ।


केही दिन पहिले मात्रै घरधनी महिला बिरामी परेर अस्पताल भर्ना भएकी थिइन । सरिता र अनिताले अस्पतालमा बिरामीको रेखदेख गर्दै घरको कामपनि गर्दै आएका थिए ।

यही बीचमा घरमा रहेका अनिताका श्रीमान प्रेम, छोरा पंकज, मनबहादुर र तेज बहादुरले मिलेर सुनका गरगहना र नगद चोरी भाग्ने योजना बुनेको अनुसन्धानबाट खुलेको छ । उनीहरु आइतबार राति कोहलपुर नगरपालिका वडा नं. ११ स्थित होटेल न्यू कालिकोटेमा पुगेका थिए ।

कोठा नं. ७ मा बसेका उनीहरूका गतिबिध शंकाष्पद देखेपछि होटेलका सञ्चालकले प्रहरीलाई सूचना दिएका हुन्छन् । सोमबार दिउसो २ बजेतिर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।


चोरीको भारु पैंशा उनीहरुले नेपाली सीमा बजारमा आएर साटेका थिए ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *