तुलसीपुर, असार २९ । तुलसीपुरको रनियापुरमा सर्पले डसेका बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १३ रनियापुरमा २२ महिनाका एनिस परियारलाई आइबार दिउँसो सवा ४ बजेतिर घर भित्र सर्पले डसेको थियो ।
उनलाई उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । चिकित्सकले बेलुकी सवा ५ बजेतिर उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
एनिस स्थानीय नुरज परियार र अनिता परियारका छोरा हुन । आमा अनिता परियार छोरालाई घरमा छोडेर जंगलमा च्याउ खोज्न गएकी थिइन ।
बालकलाई पहिचान हुन नसकेको सर्पले घर भित्रै बालकलाई हप्केलामा डसेको थियो ।
प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
