२०८३ भाद्र १२ गते शुक्रवार

सडक पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

दाङ, असार २९ । बर्दियामा आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि भारतको बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसी चक्रडम्मर पालले जानकारी दिए ।

सिंह सवार यूपी ४० बिबी १६२९ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाइकल आइतबार दिउँसो साढे २ बजेतिर गुलरिया नगरपालिका–५ मा रहेको जिल्ला समन्वय समितिको कार्यालय नजिकै भित्री सडक खण्ड सुहेलवाबाट राधाकृष्ण चोकतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका थिए ।

सिंह सवार मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो । टाउकोमा गम्भीर चोट खेपेका सिंहलाई उपचारका लागि बर्दिया अस्पताल पुर्‍याइएको थियो । दिउँसो ३ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी पालले बताए ।

सिंह गुलरिया नगरपालिका–८, कोठियास्थित पञ्जाब डिजेल वर्कसप खोलेका थिए । उनी ट्याक्टर मर्मतको काम गर्ने मिस्त्री रहेको कुरा खुलेको डिएसपी पालले बताए । शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *