
बिजौरी,असार २८ । बिजौरी उद्योग बाणिज्य संघको १२ औं साधारणसभा कार्यक्रम भदौ १४ गते हुने भएको छ ।
संघको शनिबार बसेको २० औं मासिक बैठकले आगामी भदौ १४ गते १२ औं बार्सिक साधारणसभा गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष रेश्मीराज खड्काकाे अध्यक्षतामा सम्पन्न भएको बैठकले बिजौरी उद्योग बाणिज्य संघको कार्यालयलाई समाजसेवी रमेश केसीले २५ हजार भन्दा माथीको एक थान कम्प्युटर सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।
संघलाई आर्थिक रुपमा नगद अथवा जिन्सी सामग्री २५ हजार भन्दा माथी सहयोग गर्ने ब्यक्तिलाई आजिबन सदस्यता प्रदान गर्ने संघको बिधानमा उल्लेख भए अनुसार समाजसेवी रमेश केसीलाई आजिवन सदस्यता प्रदान गर्ने निर्णय समेत गरिएको महासचिव बस्नेतले बताए ।
त्यस अबसरमा पुर्ब अध्यक्ष कमानसिङ खड्का,पुर्ब अध्यक्ष मुकेश वलि,निबर्तमान अध्यक्ष प्रेमनाथ योगी लगाएतले उद्योगी ब्यवसायीहरुको हकहितका निम्ती संस्थालाई चलायमान गराउन सबैले ध्यान दिनुपर्ने र समयमै साधारणसभा कार्यक्रम पर्नुपर्नेमा जोड दिए ।

