२०८३ असार ४ गते बिहिवार

च्याउ खोज्न गएकी पूर्णिमा बिहानै हात्तीको आक्रमणमा परिन


दाङ, असार २८ । बाँकेमा एक महिलाको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ ।


जिल्लाको बैजनाथ गाउँपालिका – १ चिसापानीकी ३६ बर्षीया पूर्णिमा बुढाको शुक्रबार बिहान हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पूर्णिमा शुक्रबार बिहान साढे ८ बजेतिर स्थानीय चिसापानी जंगल क्षेत्रको हात्तीसार क्षेत्रमा च्याउ खोज्न गएकी थिइन । त्यही समयमा जंगली हात्तीले बुढालाई लखेटेर आक्रमण गरेको थियो ।

जंगली हात्तीले आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

पूर्णिमा संगै च्याउ खोज्न गएका अन्य केहीले भागेर ज्यान जोगाउन सफल भएका थिए । उनीहरु नै गाउँ फर्केर घटनाबारे प्रहरीलाई सूचना दिएका थिए ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *