२०८३ असार ५ गते शुक्रवार

प्रहरीको जागिर छोडेर तरकारी खेतीमा रमाएका वशन्त भण्डारी

तुलसीपुर, असार २७ । तुलसीपुर उपमहानगरपालिका – १० पढ्ढाका ४२ बर्षीय वशन्त भण्डारी प्रहरीको जागिर पछि ब्यबसायिक तरकारी खेतीमा रमाएका छन् ।


भण्डारीले तुलसीपुर उपमहानगरपालिका – १२ रझेनामा जग्गा भाडामा लिएर साढे ६ बिगाहा जमिनमा बिगत दुई बर्षदेखि ब्यबसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।


१६ बर्ष प्रहरीमा जागिर खाएर २०७५ सालमा हवल्दार पदबाट अवकास रोजेका भण्डारीले तरकारी खेतबाट राम्रो आम्दानी भइ रहेको बताउँछन् ।


उनले गाउँघर छिमेकका दर्जनौ स्थानीयलाई पनि आफ्नो फर्ममा रोजगारी दिएका छन् ।


मय र वजारको विश्लेन गरि भण्डारी तीन वटै सिजनमा टमाटर, भेडे खुर्सानी, बोडी, लौका, करेला, काँक्रा, फूल तथा बन्दा गोभी, पिरो खुर्सानी लगाएतका तरकारी उत्पादन गर्दै आएका छन् ।

एक बर्षमा तरकारी खेतीतबाट कम्तिमा पनि ३० लाख सम्म फाइदा हुने गरेको वशन्तले बताए । बिदेश जान खर्चिने पैंशा स्वदेशमै कृषीमा लगानी गरि सोही अनुरुप मेहनत गर्न सक्ने हो भने बिदेशको भन्दा राम्रो कमाइ हुने वशन्तले बताउँछन् ।


‘खोदाई बहुउदेश्य कृषी फर्म’ दर्ता गरि उनी तरकारीको ब्यबसायिक उत्पादनमा लागेका हुन ।

बृहत सिंचाइलाईले खनिदिएको स्यालो टयूबवेल बाट थोपा सिंचाइको प्रबन्ध मिलाउँदै आएका छन् ।

तस्वीर : फरककोण

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *