२०८३ असार ५ गते शुक्रवार

पहिरो खस्दा श्रीमानको मृत्यु,श्रीमती घाइते


बुटवल,असार २४ । पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मँगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषले ज्यान गुमाएका छन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरोमा परी पाल्पा रामपुर-६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।

बुटवलदेखि पाल्पा रामपुरतर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार जनकसँगै पछाडि सवार उनकी श्रीमती कल्पना चापागाई घाइते भएकी छन् ।

तिनाउ-३ हेडवक्स नजिकै भएको दुर्घटना लगत्तै उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले जनकलाई मृत घोषणा गरेका थिए । सडकमाथि भिरबाट पहिरो आएर लाग्दा जनक सडकदेखि तल खसेका थिए ।

बर्खाको समयमा बुटवल-पाल्पा सडक खण्डको यात्रा जोखिमपूर्ण बन्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले बर्खाको समयमा बुटवल–पाल्पा लगायतका विभिन्न सडकहरुमा रातीमा यात्रा नगर्न सूचना जारी गर्दै रोक समेत लगाएको छ ।

प्रकाशित मिति : २०८२ असार २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *