प्रकाश डाँगी,भालुवाङ,असार २४ । कुनै पनि विपद् बाट प्रभावित हुने नागरिकहरुलाई तत्काल उपलब्ध गराउने मानवीय सहायताका कार्यहरु प्रभावकारी रुपमा प्रवाह गर्न सरोकारवालाहरुले विशेष ख्याल पुराउन आवस्यक रहेको दाङको भालुवाङमा आयोजित कार्यशालका सहभागिहरुले वताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी सुपर परियोजनाको प्राविधिक सहयोगमा तिन दिन सम्म संचालन हुने प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड कार्यशाला उद्घाटन सत्रमा बोल्दै उनिहरुले यो वर्षको मनसुन आँकलन अनुसार बाढिजन्य विपद्का कारण देशका बिभिन्न स्थान संगै लुम्बिनी प्रदेशका जिल्लाहरु समेत बाढि र पहिरोको कारण विगतका बर्षहरुमा भन्दा थप प्रभाबित बन्न सक्ने आँकलन गरिएको हुदा कार्यशाला प्रभावकारी बन्नु पर्ने वताएका छन् ।
यो वर्षको मनसुनले पार्ने प्रभाव र त्यसले संभावित पुराउन सक्ने असर लाई मध्यनजर गर्दे कुनैपनि विपदबाट लुम्बिनी प्रदेश भित्रका कुनै पनि स्थानका प्रभावित बन्न सक्ने आम नागरिकहरुलाई समयमै राहात ,उद्दार तथा मानवीय सहायताका कार्यहरुलाई प्रभावकारी बनाउन तिन दिने प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड कार्यक्रम फलदायि बन्नु पर्ने उनीहरुको जोड रहेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश अन्तरगतका सम्पुर्ण मन्त्रालयका विपद सम्पर्क व्यक्ती, एवं प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका सचिव लोक बहादुर सुनारले विपद् पूर्व तयारी तथा व्यवस्थापनका लागि प्रदेशबाट बिभिन्न कार्य तथा योजनाहरु संचालान भईरहेको साथै यो वर्षको मनसुन पुर्वानुमानको आधारमा प्रदेश सरकारले बिभिन्न नितिगत कार्यहरुको अधावधिक संगै प्रदेशभित्र रहेका जिल्ला ,स्थानिय तह तथा सरोकारवाला निकायहरु संग रहेको स्रोत र साधनको पहिचान भईरहेको र विपदको समयमा प्रतिकार्यको लागि प्रदेश सरकार समन्वात्मक भुमिका खेल्न तयार रहेको वताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनीले मनसुनलाई मध्यनजर गरी विपद् पश्चात क्षतिको आँकलन र विपदबाट प्रभावितहरुलाई तत्काल स्थान्तरण,राहात र उद्धारको लागि प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा कार्य संचालन गर्नुपर्ने र प्रतिकार्य गर्न सहज हुने भएको हुदा लुम्बिनी प्रदेश सरकारले समन्वयात्मक भुमिका निर्वाह गरि प्रतिकार्यमा सहज भुमिका निर्वाह गर्न सक्ने उद्देश्यको लागि कार्यक्रम आयोजना गरिएको र आगामि दिनमा प्रदेश सरकारले स्थानिय सरकारहरुलाई विपद प्रतिकार्यमा थप बलियो बनाउन भुमिका निर्वाह गर्न सक्नु पर्ने वताए ।
तिन दिन सम्म संचालन हुने कार्यक्रममा प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड विषयमा छलफल हुने छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका सचिव लोक बहादुर सुनारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कृस्ण प्रसाद नेपालको स्वगात मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजकर्तामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद् व्यवस्थापन विभागका शेर बहादुर कार्की र अजन्ता ढकाल रहेका छन् ।
उद्घाटन शत्रको सहजिकारण लुम्बिनी प्रदेश आपतकालिन कार्यसंचालन केन्द्रका विजय सिं ठकुरीले गरेका थिए ।
