चन्द्राैटा,असार २१। कपिलवस्तुमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
कृष्णनगर नगरपालिका-११, भिंगहाका ५५ वर्षीय बेचन तेलीको शनिबार करिब ६ बजे मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार तेलीले पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि शिवराज अस्पताल, बहादुर गन्ज लगिएको थियो ।
उपचारकै क्रममा तेलीको मृत्यु भएको प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जनाए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए
प्रकाशित मिति : २०८२ असार २० गते शनिवार