२०८२ असार २३ गते मङ्गलवार

कानुनी बिबादमा परेका बालबालिकालाई पुस्तक वितरण

रुपन्देही, असार २१ । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीको पहलमा लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा रहेका करिब पाँच कानुनी विवादमा परेका बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ।

रुपन्देहीको बाल सुधार गृहमा आयोजित कार्यक्रममा बाल सुधार गृह रुपन्देहीका १०४ जना, जयन्दु बाल सुधार गृह बाकेका १९६ जना र नौबस्ता बाल सुधार गृहका १६८ जना बालबालिकाले सहभागितामा सकारात्मक सोच सम्बन्धी तालिम प्रदान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि सांसद गिरीले बालबालिकालाई सकारात्मक सोच र जीवन परिवर्तनको आधारभूत सूत्रहरूबारे प्रशिक्षण दिएकी थिइन ।


सधै तपाईंको जिवनमा खराब समय नचल्ने भन्दै बालसुधार गृह भित्रको बसाईलाई जिवन उपयोगी समयमा बदल्न उनले आग्रह गरेकी थिइन ।

सांसद गिरीको पहलमा लुम्बिनीमा हालसम्म तीन वटा बाल सुधार गृहमा बाल पुस्तकालय स्थापना भइसकेको छ। पुस्तकालय स्थापना र तालिममार्फत सुधार गृहमा रहेका बालबालिकाको मनोबल अभिवृद्धि गर्ने उद्देश्यसहित काम भइ रहेको सांसद गिरीले बताइन ।

रुपन्देही बाल सुधार गृहमा आयोजित कार्यक्रम निमित्त कार्याालय प्रमुख बोधराज आचार्यको अध्यक्षता भएको हो ।

प्रकाशित मिति : २०८२ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *