बिजौरी,असार २१ । नेपाल रेडक्रस सोसाइटी नेपाल बिजौरी उपशाखाले क्यान्सर पीडितलाई सहयोग गरेको छ ।
क्यान्सरसंग जुधिरहेका स्तन क्यान्सर पीडित तुलसीपुर – १८ मनिकापुरका ५६ वर्षिय कृष्णि दमाईलाई रेडक्रस बिजौरी उपशाखाले खाद्यान्न सहयोग गरेको हो ।
उपशाखाले शनिबार पीडित दमाईको घरमा पुगि उनका श्रीमान गोरे दमाईलाई खाद्यान्न सहयोग गरेको हो ।
क्यान्सर पीडित दमाइको आर्थिक अवस्था निकै कमजोर भएकोले ५० केजी चामल , ५ केजी आलु , ५ केजी स्वाविन , २ केजी दाल, २ लिटर तेल, १ केजि नुन , फलफुल लगायतका खाद्यान्न सामाग्रीहरु सहयोग गरेको सचीव मुकेश वलिले जानकारी दिए ।
कृष्णि दमाई बिगत ४ महिना अघिदेखि क्यान्सर रोगबाट ग्रसित छिन ।
खाद्यान्न सहयोग कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मीको सभापतित्वमा भएको थियो ।
प्रकाशित मिति : २०८२ असार २० गते शनिवार