२०८२ असार २३ गते मङ्गलवार

सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलित


दाङ,असार २० । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याएको महिलाको मृत्यु भएको भन्दै आफन्तहरुले आन्दोलन गरिरहेका छन् ।

घोराही १८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई आज बिहान ४ बजे सुत्केरीका लागि प्रतिष्ठानमा ल्याइएकोमा १० बजेसम्म सामान्य डेलिभरी हुने बताइए पनि नभए पछि अपरेशनमार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएपछि उनका आफन्तहरु आक्रोशित हुँदै आन्दोलित बनेका छन् ।

करिब १२ बजे तिर अपरेशनमार्फत छोरीको जन्म भएको तर केही समयपछि सुत्केरीको मृत्यु भएको हुँदा चिकित्सकको कमजोरीका कारण घटना भएको भन्दै उनका आफन्तहरु अस्पताल परिसरमा आन्दोलित बनेका हुन् ।

उनीहरुले अस्पतालको अपरेशन वार्डमा प्रवेश गरी केही चिकित्सक माथि हातपात समेत गरेका अस्पताल प्रशासनले जनाएको छ ।

मृतकका ससुरा महाबीर सुनारले आफ्नो माईली बुहारीको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको भन्दै न्याय नपाएसम्म लास नउठाउने बताएका छन ।

नवजात शिशुको उपचारसहित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने आफुहरुको अडान रहेको बताए ।
उता, प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले सुत्केरीको मृत्यु बारे जानकारी लिने काम भईरहेको हुँदा बस्तुगत यथार्थ बारे पछि जानकारी गराउने बताए ।

सुत्केरी गराउन ल्याईएकी महिलाको स्वास्थ्य अवस्था, सुत्केरी गराउँदा अपनाईएका आवश्यक प्रकृया बारे जानकारी लिएर थप जानकारी गराउने बताए ।

प्रकाशित मिति : २०८२ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *