बिजौरी,असार २० । बिजौरीमा सरसफाइ गरिएको छ । नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको आयोजनामा शुक्रबार बिजौरी वजारमा सरसफाई गरिएको हो ।
बजारमा जथाभावी फोहर नफाल्न, पसल अगाडी आफै सरसफाई गर्न आग्रह गर्दै माइकिङ समेत गरिएको थियो ।
सरसफाई कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गरे ।
यो समयमा डेंगु रोग लाग्ने भएकोले आफ्ना पसल तथा घरअगाडी सफा वनाउन समेत आग्रह गरिएको छ ।
हेमन्तपुर प्रहरी चौकी,बिजौरी उद्योग बाणिज्य टोल सुधार संघ,समिति, मिलिजुली टोल विकास समिति, माल विजौरी, व्यावसायी लगाएतको सहभागी थियो ।
बजारमा अत्याधिक फोहर भएकोले र वर्षायाम पनि आएकोले यो समयमा लाग्ने रोगवाट बच्नका लागि सचेतनामूलक सरसफाई कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखा सचिव मुकेश वलीले जानकारी दिए ।