दाङ, असार १९ । बाँके प्रहरीले ठूलो परिमानमा ब्राउन सुगरसहित एक जना नेपाली सेनाका जवानलाई पक्राउ गरेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका – ३ का २६ बर्षीय सन्जु आले पक्राउ परेका हुन ।
बुधबार बेलुकी ६ बजेतिर उनी घरबाटै पक्राउ परेको इलका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले बताइन ।
पक्राउ परेका आलेको साथबाट नेपाली सेनाको परिचय पत्र फेला परेको छ । प्रारम्भीक अनुसन्धानबाट उनी नेपाली सेनाको जवान रहेको खुल्न आएको डिएसपी खनालले बताइन ।
प्रहरी हिरासतमा रहेका आलेले आँफु घर बिदामा आएको बयान गरेका छन् । प्रहरीले आले कार्यरत गणमा पत्रचार गरि सकेको छ ।
गणबाट आधिकारिक रुपमा जानकारी आएपछि तथ्य खुल्ने प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका ब्यक्तिलाई म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ ।
प्रकाशित मिति : २०८२ असार १८ गते बिहिवार