२०८२ मङ्सिर १ गते सोमवार

२ बर्ष कैद तोकिएका फरार प्रतिबादी पक्राउ

दाङ, असार १८ । बैंकिङ कसुर मुद्दाका दुई बर्ष कैद तोकिएका एक जना फरार प्रतिबादी पक्राउ परेका छन् ।


राप्ती गाउँपालिका–४ का ५२ वर्षीय उमेशकुमार चौधरी पक्राउ परेका हुन । जिल्ला अदालत दाङले २०८१ मंसिर ७ गतेको फैसला अनुसार बिगो वापत २ बर्ष कैद सजाय फैसला सुनाएको थियो । त्यसयता उनी फरार थिए ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले बुधबार दिउँसो चौधरीलाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताए ।

पक्राउ परेका चौधरीलाई अदालतमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *