२०८२ कार्तिक २८ गते शुक्रवार

बैंक घोटाला प्रकरण – एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ


दाङ, असार १८ । कर्णाली विकास बैंक घोटाला प्रकरणमा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र बुधबार पक्राउ परेका छन् ।

मिश्र नेपालगञ्जबाट बुधबार पक्राउ परेका हुन । उनी बैंकका पूर्व अध्यक्ष हुन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी युवराज खड्काका अनुसार हालसम्म बैंकको हिनामिना प्रकरणमा हालसम्म तीन जना पक्राउ परि सकेका छन् ।

यो बैंकमा हालसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । सोही घोटाला प्रकरणमा यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

बुधबार पक्राउ परेका एमाले नेता मिश्र विसं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए ।

मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए ।
सीआईबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगञ्ज आइ बैंक घोटाला प्रकरण अनुसन्धान गरि रहेको छ ।

पक्राउ परेका तीनै जना हरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको छ ।

नेपालगञ्जमा मुख्य कार्यालय रहेको कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । मध्य र सुदुर पश्चिमा करिब एक दर्जन शाखाहरुमा मार्फत यसले सेवा प्रवाह गर्दै आएका थियो ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *