दाङ, असार १८ । रुकुम पूर्वमा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जना चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परि रा ७ प १२६२ नम्बरका मोटरसाइकल चालक रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका – ८ का २७ हेमराज वली गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रशाद यादवका अनुसार दुर्घटनामा परि बा २९ प ४४२७ नम्बरका मोटरसाइकल चालक रुकुम पर्वको भुमे गाउँपालिका – ५ धौलापहिराका २५ बर्षीय कृष्ण खत्रीपनि घाइते भएका छन् । तर, उनको अवस्था भने सामान्ने रहेको डिएसपी यादवले बताए ।
रूकुम पूर्वको सिस्ने गाउँपालिका – ५ धौलापहिरा स्थित मध्ये पहाडी लोक मार्गमा रुकुमकोटबाट धौलापहिरा तर्फ जाँदै गरेको रा ७ प १२६२ नं.को मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको बा २९ प ४४२७ नम्बरको मोटरसाइकल बिहान ११ बजेतिर आपसमा ठोक्किएका थिए ।
दुबै जना घाइतेको जिल्ला अस्पताल रुकुमकोटमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
