२०८२ कार्तिक २१ गते शुक्रवार

रोल्पाकी पूर्णिमासहित ३ जना कैलालीमा झन्डै ३ केजी अफिमसहित पक्राउ

दाङ, असार १७ । झन्डै तीन केजी अफिमसहित कैलालीबाट तीन जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा रोल्पाकी एक महिला र हुम्लाका दुई पुरुष रहेका छन् ।

रोल्पाको सुनछहारी गाउँपालिका – ७ की ३२ बर्षीया पुर्णिमा पुन मगर र हुम्ला सुर्केगाड गाउँपालिका –०५ का ३२ बर्षीय लोकेन्द्रबहादुर शाही र २७ बर्षीय सालु शाही कैलालीमा लागुऔषधसहित पक्राउ परेका हुन ।

पक्राउ परेकाहरुको साथबाट २ किलो ७१४ ग्राम लागु औषध अफिम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्लाको लागु औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीको कमाण्डमा खटिगएको संयुक्त प्रहरी टोलीले जिल्लाको घोडाघोडी नगरपालिका – १ सुखड स्थित ‘पञ्चकोशी होटल एण्ड रेष्टुरेण्ट’बाट उनीहरुलाई सोमबार नियन्त्रणमा लिएको थियो ।

कैलाली प्रहरीका प्रबक्ता डिएसपी राजकुमार सिंहका अनुसार पक्राउ परेका व्यक्तिहरु माथि आवश्यक अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २०८२ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *