२०८२ असार २४ गते बुधवार

मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

दाङ, असार १७ । रुकुम पूर्वमा मोटरसाइकल दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४५ बर्षीय दलप्रसाद सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले बताए ।


सोमबार बेलुकी साढे ६ बजेतिर सुनार सवार रा ३ प ४५३४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

सदरमुकाम रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ जाँदै गर्दा सुनारले चलाएको मोटरसाइकल तातोपानी नजिकैको गोरेटो बाटोमा चिफ्लिएर पल्टिएको र चालक सुनार मोटरसाइकल संगै झन्डै डेढ सय मिटर तल पुग्दा मृत्यु हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।


स्थानीय भुवन केसीले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *