२०८२ कार्तिक २९ गते शनिवार

३१ बर्षदेखि मोटरसाइकल बनाउँदै आएका अरुण योगी

जो दैनिक २० देखि ५० हजारसम्मको कारोबार गर्छन

तुलसीपुर, असार १६ । तुलसीपुरमा बर्षौंदेखि मोटरसाइकल मर्मतको काम गर्दै आएका अरुण योगीले मेहनतले राम्रो प्रगति गर्दै गएका छन् ।


जस्ले आज दैनिक मोटरसाइकल मर्मत र पाटपूर्जा बिक्रीबाट २० देखि ५० हजारसम्मको कारोबार गर्ने गरेको बताउँछन् । उनको आफ्नै मोटरसाइकलका पाटपूर्जा बेच्ने पसलपनि छ । उनकी श्रीमति जुनु त्यो पसल हेर्छिन ।


अरुणले तुलसीपुरमा आएर पसल गर्न थालेको २० बर्ष बिति सकेको छ । त्यो भन्दा पहिले १० बर्ष घोराहीमा काम गरेका थिए । त्यसपूर्व १३ बर्षको छँदै इण्डियामा २ बर्ष मोटरसाइकल बनाउने सीप सिकेका थिए ।

सबै गरि उनले ३१ बर्ष यो पेशामा बिताइ सकेका छन् । अरुणको दाङका मात्रै हैन आसपासका पहाडी जिल्लाहरुबाट मोटरसाइकल बनाउन मानिसहरु आउने गर्छन । मेहनत र इमान्दारिताले उनले धेरैको मन र भरोसा जितेका छन् ।

जस्ले आफ्नै मेहनतको कमाइले तुलसीपुर उपमहानगरपालिका – ६ रजौरामा लकडाउनको समयमा ८० लाखमा घर किनेका थिए । अहिले घर बढाए साढे २ तलाको पुर्‍याएका छन् ।


उनले रजौराको ‘ड्रिम्स ब्याङक्वीट’ नजिकै १ कठ्ठा क्षेत्रफलको घडेरी ११ बर्ष पहिले ४२ लाखमा किनेका थिए । त्यस्तै हाल गुरुकुल एकेडमी स्कूल रहेको नजिकै १० बर्ष अघि १५ लाखमा किनेको ५ धुरको घडेरीपनि छँदै छ । उनले गाउँको पुर्खेली जग्गा केही चलाएका छैनन् ।


अरुणको पुर्खेउली घर झन्डै १२ किलोमिटर दक्षिण कचिलामा हो । जहाँ उनीहरुको पुर्खेउली जमिन १० कठ्ठा जति छ । अरुण परिवारसहित बजारमै बस्न थालेको लकडाउन पछि हो ।


यहाँ सम्म आइपुग्न अरुणले थुप्रै पसिना बगाएका छन् । धेरै संघर्ष गरेका छन् । अरुण बजारबाट कचिला र कचिलाबाट बजार दिन रात नभनी दौडिए । कामका लागि झरी, सितलहर वा गर्मी सबै संग पैंठे जोरी खेले ।


अरुण र जुनुका दुई छोरी छन् । ठूली छोरी एमबिबिएसमा नाम निकाल्नका लागि तयारी गरि रहेकी छन् । अरुण भने छोरीले डाक्टरी पर्न चाहे सरकारी कोटामा नाम निकाल्न नसकेपनि निजीमै पढाउनका लागि पैंशा जम्मा गरि सकेको बताउँछन् । अर्की छोरी तुलसीपुरकै एक निजी बिद्यालयमा पढ्दै छिन ।

पछिल्लो समय अरुणले आफ्नो लागि एउटा कारपनि किनेका छन् ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *