तुलसीपुर , असार १६ । दाङ तुलसीपुरका एक जना युवक बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् ।
मा १५ बर्षीया बालिका बलात्कार आरोपमा तुलसीपुर उपमहानगरपालिका–१४ का ३८ वर्षीय चन्द्र मगर पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार पीडितको जाहेरीका आधारमा मगरलाई गत शुक्रबार पक्राउ गरिएको हो ।
इप्रकामा आएर पीडित किशोरीले सोही दिन मगरका बिरुद्ध किटानी जाहेरी दिएकी थिइन । पीडित बालिकाले मगरले धम्की दिएर जबरजस्ती आफ्नो घरमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् ।
आरोपी मगरका बिरुद्ध जिल्ला अदालतबाट म्याद थप भइ घटना अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार

