२०८२ असार २४ गते बुधवार

लुम्बिनी प्रदेश मोटर ड्राइभिङ स्कूल संघको बरिष्ठ उपाध्यक्षमा अरुण लहरे सर्वसम्मत


दाङ, असार १४ । लुम्बिनी प्रदेश मोटर ड्राइभिङ स्कुल संघको दोस्रो अधिवेशन शनिबार कपिलबस्तुमा भयो ।


संघको दोस्रो अधिवेशन तथा साधारण सभाले सर्वसम्मत रुपमा चार बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । जस्को अध्यक्षमा प्रमोद थापा छन् ।


त्यस्तै साबिक राप्ती बाट प्रतिनिधित्व गर्दै संघको प्रथम (बरिष्ठ) उपाध्यक्षमा दाङ तुलसीपुरका युवा ब्यबसायी ऋषीराज लहरे (अरुण) सर्वसम्मत चयन गरिएका छन् ।


लहरे संगै भेरीबाट प्रतिनिधित्व गर्दै सञ्जयकुमार बानिया र लुम्बिनीबाट प्रतिनिधित्व गर्दै रिाज अहमद उपाध्यक्ष बनाइएका छन् ।


पदाधिकारी मध्य संघको सचिवमा सरोज पाण्डेय, सहसचिव सुशन वली र कोषाध्यक्षमा कृष्णप्रशाद बस्याल चयन गरिएका छन् ।


त्यस्तै सदस्यहरुमा बादल केसी, सपना हमाल, गंगाबहादुर कवर, माया पाण्डे, लक्ष्मण पोख्रेल र सुमन पन्थ रहेका छन् ।

प्रकाशित मिति : २०८२ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *