दाङ, असार १३ । धनगढीमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडाका ४० बर्षीय रविन्द्र सिंहको दुर्घटनामा परि मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले बताए । मृतक सिद्धनाथ सामुदायिक वनका अध्यक्ष हुन ।
प्रहरीका अनुसार अनुसार सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४ नम्बरको सिंहले चलाएको मोटरसाइकल शनिबार बिहान १ बजेतिर अनियन्त्रित भइ धनगढी –१२ जुगेडा कम्पनी टोलमा नालामा खसेको थियो ।
दुर्घटनाका गम्भीर घाइते सिंहलाई उपचारका लागि तत्कालै सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार

