
बिजौरी,असार १३ । बिपी बिचार राष्ट्रिय समाज तुलसीपुर नगरले चौथो बार्षिक उत्सबको अवसरमा बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।
समाजले शुक्रबार तुलसीपुर १९ बिजौरीमा रहेको
प्रादेशिक आयुर्वेद चिकित्सालयमा उपचाररत रहेका ३० जना बिरामीहरुलाई फलफुल वितरण गरेको हो ।
बिपी बिचार राष्ट्रिय समाज तुलसीपुर नगरका सभापति नारायण कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले बिपीले परिकल्पना गरेको कुरालाई अनुसरन गर्दै
सामाजिक कार्यहरू गर्नुपर्ने बताएका छन ।
बिपीको भनाइलाई स्मरण गर्दै गिरीले भने ,”-
कुनै पनि योजना बनाउदा सामान्य भन्दा सामान्य गरिब बिपन्न बर्गका किसानहरुलाई समेटेर योजनाहरु बनाउनु पर्छ,र ती योजनाहरु कृषकहरुको पक्षमा उनीहरुको हितको लागि बनोस ।
साथै उनले बिपी समाजले आफ्नो बार्षिक उत्सबको अवसरमा बिरामीहरुलाई फलफुल वितरण गरेर रचनात्मक काम गरेको भन्दै धन्यवाद समेत दिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका पुर्व सभापति घनश्याम रेग्मी,कांग्रेस नेता श्याम रेग्मी,बिपी बिचार
राष्ट्रिय समाज दाङका सभापति रुपलाल बस्नेत,प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खराल,प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका मेसु प्रबेश श्री बास्तव नेपाली कांग्रेस तुलसीपुर १९ का सभापति पदम बहादुर वलि,नेका १८ का सचिब बिदुर गौतम,बिजौरी उद्योग बाणिज्य संघका उपाध्यक्षद्वय चित्र बहादुर खड्का,डिल्ली केसी,बिपी बिचार राष्ट्रिय समाज क्षेत्र न ३ का क्षेत्रीय सभापति मोहन केसी,तुलसीपुर नगरका सल्लाहकारद्वय गोबिन्द आचार्य ,सुर्य बहादुर बस्नेत लगाएको उपस्थिति रहेको थियो ।
बिपी बिचार राष्ट्रिय समाज तुलसीपुर नगरका उपसभापति अर्जुन कुमार रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सदस्य सागर रेग्मीले गरेका थिए ।






तस्बिरहरु : फरककोण ।
