दाङ, असार १३ । रोल्पामा ट्रकले किचेर एक युवकको मृत्यु भएको छ ।
ट्रकले किचेर गम्भीर घाइते भएका ती युवकलाई दाङमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाक्रम अनुसार दाङको घोराही बाट बिहीबार रोल्पाको लिङ्दुङ तर्फ रा १ ख ३२२२ नम्बरको ट्रक तरकारी लिन जाँदै थियो । चालक थिए , रोल्पाको लुङ्ग्री गाउँपालिका – ३ का २७ बर्षीय मिलन घर्ती ।
उनी त्रिबेणी गाउँपालिका – ४ निगालपानी बजारमा पुगेपछि चिया नास्ता खाना रोक्छन् ।
ट्रक साइड लगाएरै रोकेर राखेका हुन्छन् । दुभाग्र्य के भइ दिन्छ भने , मदिराले मातेका त्रिबेणी गाउँपालिका – ३ छापका ३२ बर्षीय गोपीलाल वली त्यही ट्रकको मुनी गएर बसिसकेका हुन्छ्न । बिहीबार बिहान सवा ११ बजेतिर खाजा खाइ सकेपछि चालक गनतब्य तिर जान सरासर ट्रकमा उक्लिएर स्टार्ट गर्छन ।
अगाडि बढ्न स्टेरिङ घुमाउन खोज्छन् । तर, गाडी सजिलो गरि अगाडि बढे पो ? चालकले टायमा केही अबरोध वा ओट लागेको ठान्छन् । स्केलेटर केही जोड्ने थिच्छन् । तै पनि गाडी अडाडि बढेन ।
के भएको रहेछ भनेर नियाल्न खोजे । जब चालक घर्तीले जब ऐनाबाट पछाडि हेरे उनी निकै आत्तिए । कारण एक ब्यक्ति टायर मुनी च्यापिएको तथा कराइ रहेको उनले देखेका थिए ।
जो मदिरा सवेन गरि ट्रकको टायरमुनी गइ बसेका रहेछन् । वलीको बाँया खुट्टामा गहिरो घाउखत थियो । तरकारी लिन भनेर जान थालेको ट्रकमै राखेर चालकले वलीलार्य उपचारको लागि स्वास्थ्य चौकी नेर्पामा पुर्याए ।
वलीको बायाँ खुट्टा र ढाडको हड्डी फ्याक्चर भइ सकेको तथ्य चेकजाँच बाट पत्ता लाग्यो । त्यसपछि वलीलाई थप उपचार गर्नु पर्ने भयो । त्यहाँ त्यो तहको उपचार संभव थिएन ।
वलीलाई थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याइयो । तर, दुर्भाग्य, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरि दिए ।
चालक रोलपा प्रहरी नियन्त्रणमा छन् ।
