२०८२ कार्तिक २९ गते शनिवार

भीरबाट लडेर बितिन १६ बर्षीया किशोरी

दाङ, असार १२ ।रुकुम पश्चिममा भिरबाट लडेर एक जना १६ किशोरीको मृत्यु भएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका – ९ घर भइ आठबिसकोट –७ ज्यामिरेकी १६ वर्षीया किशोरी बालिका खत्रीको बिहीबार बिहान भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टका अनुसार आठबिसकोट नगर अस्पताल राडीमा उपचारका क्रममा बिहान १० बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।


बिहान सवा ८ बजेतिर उनी चिफ्लिएर भिरबाट लडेर झन्डै १५ मिटर मुनी पुगेकी थिइन । घरदेखि करिब पाँच सय मिटर टाढाको खाने पानीको पाइप जोड्न गएको समयमा उनी लड्न पुगेकी थिइन ।


भिरबाट लड्दा बालिकाको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको डिएसपी विष्टले बताए।

उनले यसै पाली एसइई परीक्षा दिएकी थिइन । नतिजा प्रकासित हुने समय नजिक आउँदा उनी निकै उत्साहित थिइन ।

नतिजाको तीब्र प्रतिक्षामा बसेकी उनको भीरबाट लडेर अप्रत्यासित रुपमा मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *