दाङ , असार १२ । पाल्पामा २१ बर्ष पहिले भएको एक जना महिलाको हत्या आरोपी बिहीबार बाँकेबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पा जिल्लाको साबिक सिलुवा गाविस – ९ र हालको पूर्वखोला गाउँपालिका – १ गुणडाँडाका ६६ बर्षीय पूर्णबहादुर सार्की छन् ।
पूर्णबहादुरलाई बाँकेको नेपालगंज उपमहागनरपालिका – १५ स्थित नेपाल – भारत सीमा नाका क्षेत्रबाट बिहीबार बिहान ४ बजेतिर पक्राउ परेका थिए ।
पाल्पाका प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लका अनुसार हत्या आरोपी पूर्णबहादुर नेपालगंजमा रहेको गोप्य सूचनाको आधारमा पाल्पाबाट पुगेको प्रहरी टोलीले पहिचान गरेपछि बाँके प्रहरीको सहयोगमा उनलाई एकाबिहानै पक्राउ गरिएको थियो ।
पूर्णबहादुर माथि एकै ठाउँ बस्ने आफन्त ५५ बर्षीया चिनीमरा सार्कीको हत्या गरेको अभियोग छ ।
२१ बर्ष पहिले २०६१/०३/१९ गते दिउँसो ३ बजेतिर पूर्णबहादुरले चिनीमायाको हत्या गरेको अभियोग छ । त्यो घटना पछि उनी फरार रहँदै आएका थिए ।
बिहीबार बिहानै पक्रउ परेका पूर्णबहादुरलाई पाल्पा जिल्ला अदालतले पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको छ ।
प्रहरीले पूर्णबहादुरका बिरुद्ध ज्यानसम्बन्धी मुद्दा चलाउने गरि अनुसन्धान प्रतिबेदन तयार पारी बुझाउने बताएको छ ।

