२०८२ कार्तिक २५ गते मङ्गलवार

लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीले घर भाडा तिरिनन्

दाङ, असार १० । लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीले घर भाडा नबुझाएको भन्दै उजुरी परेको छ ।

दाङको राप्ती गाउँपालिका – १ का हेमलाल आचार्यले रायमाझीले आँफु बसेको कोठा भाडा नबुझाएको भन्दै निबेदन दिएका छन् ।


आचार्यलेले रायमाझी आफ्नो घरमा ०७९ माघ ४ गतेदेखि मासिक दश हजार भाडा दिने सर्तमा बसेको उल्लेख गरेका छन् ।


रायमाझीले एकपटक ८० हजार बुझाएपनि दुई बर्षको कुल भाडा नबुझाएको आचार्यले लुम्बिनी प्रदेश सभामा दिएको निबेदनमा उल्लेख गरेका छन् ।

जनमतकी समानुपातिक सांसद रायमाझी बिरुद्ध यसअघि जिल्ला अदालत पर्साबाट प्रहरीले बैंकिङ कसुर मुद्दामा पूर्जा पूर्जी लिइ सकेको छ ।

रायमाझी बर्दियाकी रहेको हुँदा जेठमै जारी भएको पक्राउ पूर्जी पछि पर्सा प्रहरीले असार ३ गते जिल्ला प्रहरी कार्यालय बर्दियालाई पत्राचार गर्दै उनलाई पक्राउ गरि पर्सा पठाउनका लागि आग्रह गरेको छ ।

पर्साकी एक महिलाले ३ लाख ५५ हजारको चेक अनादार मुद्दामा रायमाझी बिरुद्ध मुद्दा दिएकी थिइन ।

पूर्व मन्त्रीसमेत रहेकी रायमाझी हाल सम्पर्क बिहिन छिन् ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *