२०८२ असार २४ गते बुधवार

कपिलवस्तुमा काँग्रेसले पार्टीका मन्त्रीलाई बहिस्कार गर्ने

दाङ, असार ९ । आगामी आर्थिक बर्षका लागि असार १ गते लुम्बिनी प्रेदश सरकारले प्रस्तुत गरेको बजेटमा कपिलबस्तु जिल्लाका लागि न्यूज बजेट बिनियोजन गरेको भन्दै नेपाली काँग्रेस कपिलबस्तुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस कपिलबस्तुका सभापति अब्दुल कलामले सोमबार जारी गरेको बिज्ञप्तिमा संघीयताको मर्म र भावना विपरित कपिलबस्तुमा न्यून बजेट बिनियोजन भएको भन्दै असन्तुष्टि जाहेर गरेका छन् ।


सभापति कलामले पहँुचवाला र मन्त्रीको क्षेत्रमा मात्रै बढी योजना रहेको देखिएको तथा कपिलबस्तु जिल्लाको समग्र बिकासका योजनालाई बेवास्ता गरिएको दोषारोपन गरेका छन् ।


पार्टीको निर्णयलाई समेत नमानेर मन्त्रीले आफ्नो मनोमानी गरेको सभापति कलामले आरोप लगाएका छन् । उनले काँग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहभागि मन्त्रीहरुलाई कपिलबस्तु जिल्लामा हुने कुनैपनि सार्वजनिक तथा पार्टीको कार्यक्रममा सहभागि नगराउने चेतावनी दिएका छन् ।

आगामी बर्षको प्रस्तुत बजेटलाई लिएर काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पनि असार ६ गते सार्वजनिक रुपमै बिज्ञप्ति जारी गरि बजेटको बिरोध गरेका थिए ।


रोल्पाका नेता पुनको तर्फबाट उनको सचिवालयका प्रमुख अनुप जिसीले जारी गरेको बक्तब्यमा बजेट संघीयताको मर्मविपरित हुनुका साथै न्यायोचित नभएको भन्दै बिरोध गरिएको छ । जस्मा सरकारका मन्त्रीहरुले निश्चित स्वार्थ समुहको दबाबमा बजेट ल्याएको दोषारोपन गरिएको छ । पुनले बिभिन्न पाँच बुँदामा बजेटको बिरोध जनाएका छन् ।

नेपाल काँग्रेस प्रमुख सत्तासाझेदार दल हो । लुम्बिनीमा यतिखेर नेकपा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की काँग्रेसकै हुन । बजेट उनैले प्रस्तुत गरेका थिए ।


लुम्बिनीमा खानेपानी तथा सहरी विकास मन्त्री सरोज थापा (रोज) को नेतृत्वमा कांग्रेस सरकारमा सहभागी छ । यो प्रदेशमा काँग्रेसबाट सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने सहभागी छन ।

लुम्बिनी सरकारले असार १ गते आगामी आर्थिक बर्ष २०८२ / ०८३ को लागि ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । प्रस्तुतत बजेट चालु आर्थिक बर्षको भन्दा ६ करोडले मात्रै कम छ । लगातार चार बर्षदेखि घाटा बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत बजेटका उदेश्यहरु पुरा गर्न नसक्ने दाबीहरु हुँदै आएका छन् ।


बजेटेको बिषयमा असुन्तुष्टिहरु देखिन थालेपछि काँग्रेस संसदीय दलको बैठक आइतबार बसेको थियो । त्यो बैठकमा पनि मन्त्रीहरुले मनोमानी गरेको भन्दै कतिपयले उनीहरुलाई फिर्ता बोलाउनु पर्ने आवाज उठाएका थिए । कतिपयले बजेट बारेको उत्पन्न बिबाद समाधान गरेर मात्रै प्रदेशसभाको बैठक बोलाउनु पर्ने माग गरेका थिए ।

दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बजेट सम्बन्धि उत्पन्न समस्या समाधान गर्न प्रमुख सत्तासाझेदार दल हुनुको नाताले काँग्रेसले जिम्मेवारी पूर्वक कदम चाल्ने बताएका थिए ।

उनले मुख्यमन्त्री आचार्य र अर्थमन्त्री कार्की संग बैठकमा उठेका सवाल बारे कुरा भएको बताए । त्यस्तै बजेट बारे सार्वजनिक भएका असन्तुष्टि र नमिलेका कुराहरु केही भए ती मिलाएर अगाडि बढ्ने बिषयमा छलफल भएको पूर्व मुख्यमन्त्री चौधरीले बताए ।

प्रकाशित मिति : २०८२ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *