दाङ, असार ८ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेडको अस्पताल निर्माण गर्नका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित भएको छ ।
प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि उक्त बजेट पारित गरेको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४०० शैयाको अस्पताल निर्माणका लागि उक्त रकम पारित गरेको हो ।
त्यो रकमबाट शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरिएको थियो ।
बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्राबधानहरुमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तन लगायतका निर्णयपनि गरेको छ।
प्रकाशित मिति : २०८२ असार ७ गते आइतवार