दाङ, असार ८ ।लुम्बिनीकी पूर्व कृषी मन्त्री तथा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझी विरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत पर्साले रायमाझीलाई पक्राउ गर्नका लागि जेठ १६ गते पक्राउ पुर्जी जारी गरेको थियो । पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गर्दै रायमाझीलाई पक्राउ गरि बुझाइदिन आग्रह गरेको छ । रायमाझी बर्दियाकी हुन ।
त्यतिबेलादेखि रायमाझी सम्पर्क बिहिन छिन् । फरारको सूचीमा छिन ।
पर्साको पोखरियाकी आशाकुमारी चौहानले बैंकिङ कसुरमा रायमाझी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन ।
जनमत पार्टीकी प्रदेश सभा सदस्य रायमाझीले सोही पार्टीकी नेतृ आशाकुमारीसँग साढे पाँच लाख रुपैयाँ सापी लगेर फिर्ता गरेकी थिइनन् । रायमाझीले गत भदौ सात गते दुई लाख ७५ हजार रुपियाँको चेक दिएकी थिइन । तर, त्यो चेक भएको खातामा पैंशा थिएन ।
त्यसपछि चौहानले चेक बाउन्स गराएकी थिइन ।
चौहानले चेक अनादर र आधा बैंकिङ कसुरसम्बन्धी मुद्दा चौहानले दायर गरेकी थिइन ।