दाङ, असार ८ । १६ दिनकी सुत्केरी भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन् । यो घटना कैलालीको हो ।
जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान १६ दिनकी सुत्केरी १९ वर्षीया तुलसी नाथ मृत अवस्थामा फेला परेकी थिइन ।
उनको हत्याको आरोपमा २० बर्षीय देवर नवीन नाथ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दका अनुसार नबीनले घटना स्वीकार गरि सकेका छन् ।
नबीन मध्य राति भाउजुको कोठामा प्रबेश गरि नाक मुख छोपेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले पहिला हात र पछि शिरानीले मुख छोपेर हत्या गरेको बयान गरेका छन् ।
त्यसपछि नबीनले भाउजुको शब ब्यबस्थापन गरेका थिए । घरदेखि झन्डै ८ मिटर जति टाढा बाटोको नालामा शब फालेका थिए । घटनालाई भबितब्य देखाउन नबीनले भाउजुको गलाको एक सरो पोते निकालेर नालामै फालेका थिए ।
हत्या पछि नबीनले भाउजुको कानमा रहेका आठ वटा सुनका रिङ निकालेका थिए । रिङहरु निकालेपछि उनले घाउजुको गलामा लगाएको पोतेपनि निकालेको थिए ।
तुलसाको शरिरमा देखिने गरि कुनै चोट पटक वा घाउ खत थिएन । तुलसाको कानका आठ वटा सुनका रिङहरु फेला नपर्नु र ती गहना चलाखी पूर्वक कुनै खतपनि नलगाइ निकालेको हुँदा तुलसाको हत्या लुटपाट वा चोरी गर्ने ब्यक्तिले गरेका होइनन् भन्ने निष्कर्षमा प्रहरी पुगेको थियो । त्यसपछि प्रहरीले नबीन माथि निगरानी बढाएको थियो ।
तुलसाको मृत्युको खबर सुनेर पुर्खेउली घर अछामबाट नबीनका बुवा आमा फर्के पछि नबीनले हत्या पछि भाउजुको कानबाट निकालेर घर बाहिर बालुवा नजिकै ढुँगाले छोपेर राखेका कानका रिङहरु देखाएका थिए ।
त्यो दिन दिउँसो तुलसा छोरालाई खोप लगाउन स्वास्थ्य चौकी गएकी थिइन । उनी फर्केर आउँदा नबीन, उनको श्रीमति र बहिनीले खाना खाइ सकेका थिए । त्यो दिन नबीनले नै खाना पाएका थिए । मेरो श्रीमानले कमाउने तर म सुत्केरीलाई खाना नराखी दिने भनेर तुलसाले भनेकी थिइन ।
तुलसाका श्रीमान अर्थात नबीनका दाजु रोजगारीको सिलशिलामा छिमेकी देश भारतमा छन् । नबीनपनि भारतबाट गत चैतमा मात्रै घर आएका थिए ।
तुलसाले देवर नबीनालाई कुनै काम नगर्ने र बिना कामको मान्छे भन्ने गरेको हुँदा रिसिबी साँधेर मध्य रातिमा सुत्केरी भाउजुको हत्या गरेको भन्ने कुरा अनुसन्धानबाट खुलेको डिएसपी चन्दले बताए ।