बिजौरी,असार ७ । बिजौरीमा बिपद ब्यवस्थापन समिती गठन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाले शनिबार जनप्रतिनिधि, राजनितिकदल, सरोकारवाला, सुरक्षाकर्मि,पत्रकार, नागरिक समाज लगाएको उपस्थितिमा बर्षायाममा आइपर्ने बिपद जोखिम न्यूनीकरणका लागि छलफल गरेको छ ।
त्यस अवसरमा नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मीको संयोजकत्वमा २० सदस्यीय समिती गठन गरिएको छ ।
समितिको सचिबमा मुकेश वली रहेका छन भने सदस्यहरुमा वडा न १८ का अध्यक्ष माधव वलि,वडा न १९ का अध्यक्ष प्रेमनाथ योगी,नेरेसो बिजौरीका सल्लाहकार मस्त बहादुर थापा,बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, प्रादेशिक आयुर्वेद चिकित्सालयका डा.योगेश बैध,नेपाली कांग्रेस तुलसीपुर १८ का सचिब बिदुर गौतम रहेका छन ।
त्यस्तै नेकपा एमाले तुलसीपुर १८ का अध्यक्ष कमाङशिह खड्का,नेकपा माओवादी केन्द्र तुलसीपुर १८ का अध्यक्ष डिल्ली ददेल,नेपाली कांग्रेस तुलसीपुर १९ का सभापति पदम वली,
नेकपा एमाले तुलसीपुर १९ का अध्यक्ष लोकबहादुर रोका,माओवादी केन्द्र तुलसीपुर १९ का अध्यक्ष दुर्गा बिक,रास्वपाका प्रतिनिधि ज्ञानेन्द्र पोख्रेल,हेमन्तपुर प्रहरी चौकी इन्चार्ज भरत वलि,रेडक्रस बिजौरी उपशाखा सदस्य कपिल लामिछाने ,जुनियर रेडक्र्सका नायक शंकर आचार्य,टाेल बिकास संस्थाका प्रतिनिधि राम बहादुर घर्ती,आइतराम खड्का,सोमराज गौतम,पुर्ण पुन रहेका छन ।
त्यस अवसरमा बोल्ने बक्ताहरुले बिपद व्यवस्थापनमा सबैको भूमिका महत्त्वपूर्ण भए पनि स्थानीय सरकार र समुदायको भूमिका सबैभन्दा बढी हुने बताए ।
बिपदको असर सीधै स्थानीय बासिन्दा र संरचनाहरूमा पर्ने भएकोले बिपद व्यवस्थापनमा धेरै निकाय, व्यक्ति र समुदायको साझा भूमिका हुने बताए ।
बोल्ने बक्ताहरुले बिपद जोखिमबाट बच्न समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने र त्यसको लागि टाेल बिकास संस्थाहरुलाई सकृय बनाइ समिती गठन गर्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण उपशाखाका सचिब मुकेश वलिले गरेका थिए ।