२०८२ असार २४ गते बुधवार

दाङमा अभिनय कार्यशाला


दाङ,असार ७ । पहल नेपालको आयोजनामा दाङको घोराहीमा शुक्रबारदेखि ५ दिने अभिनय कार्यशाला शुरु भएको छ ।


अभिनय सम्बन्धी सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिने यस कार्यशालाले चलचित्र र रंगमञ्चमा करियर बनाउन चाहनेहरुका लागि कलाकारहरुलाई कार्यशालाबाट आर्जित ज्ञान/सीपले सघाउ पुर्‍याउने पहल नेपालका अध्यक्ष केएल बुढाथोकीले बताए ।


वरिष्ठ अभिनेता एवं नाट्यकर्मी भोलाराज सापकोटा प्रशिक्षक रहेको कार्यशालामा दाङ, बर्दिया, पश्चिम रुकुम, रोल्पा र रुपन्देही जिल्लाबाट प्रशिक्षार्थी सहभागी भएका छन् ।

प्रकाशित मिति : २०८२ असार ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *