२०८२ असार २४ गते बुधवार

बलात्कार गरि किशोरीको हत्या गर्ने शिक्षकलाई आजिवन जेल सजाएको फैसला

दाङ, असार ४ । बलात्कार पछि किशोरीको हत्या गर्ने युबकलाई जिल्ला अदालत गुल्मीले बुधबार आजिवन काराबासको सजाय सुनाएको छ ।


गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले बाँकेको खजुरा गाउँपालिका – ७ का २३ वर्षीय रहिस खाँलाई आजीवन कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।


जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कमल पन्थीका अनुसार अदालतले पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने आदेश गरेको छ ।

बाँके खजुरा गाउँपालिका – ७ का २३ वर्षीय रहिस खाँलले गुल्मीको चन्द्रकोटमा मदरसामा अध्यापन गराउँदै आएका थिए ।

उनी माथि गत कात्तिक १६ गते बाग्लुङको बरेङ गाउँपालिका भइ भइ केही वर्षदेखि गुल्मीको चन्द्रकोट गाउँपालिका –४ शान्तिपुरमा अभिभावक संग बस्दै आएकी १५ बर्षीया किशोरीको बलात्कार पछि हत्या गरेको अभियोग थियो ।


त्यो दिन अभिभावकले पठाएपछि खेतमा धान काट्ने क्रममा सुर्ती किन्न गएकी किशोरी बेपत्ता भएकी थिइन ।

उनी स्थानीय हुग्दी खोलामा मृत अवस्थामा फेला परेकी थिइन । त्यो घटना पछि अनुसन्धानका क्रममा शिक्षक खाँ पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८२ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *