दाङ, असार ४। बाँकेको नेपालगंजमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकको रकम अपचलन आरोपमा थप एक जना ब्यक्ति पक्राउ परेका छन ।
पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका – १९ का ४१ वर्षीय देवप्रकाश सिंह ठकुरी रहेका छन् ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) प्रवक्ता एसपी युवराज खड्काले ठकुरी पक्राउ परेको जानकारी दिए ।
सिआइबीको टोलीले ठकुरीलाई जेठ २१ गते नै पक्राउ गरेको थियो ।
बैंकको २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिनामा ठकुरीको संलग्नता देखिएको हुँदा पक्राउ गर्नु परेको एसपी खड्काले बताए ।
रकम हिनामिना प्रकरणमा बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय यसअघि नै पक्राउ परेका थिए ।
प्रकाशित मिति : २०८२ असार ३ गते बुधवार