२०८२ असार २३ गते मङ्गलवार

२८ बर्षे युवक असार १ गते जेल लगिए २ गते राति भयो मृत्यु

दाङ, असार ४ । डढेल्धुराका एक २८ बर्षीय ब्यबसायीको जेल चलान गरिएको दोस्रो दिन राति मृत्यु भएपछि घटना संकाष्पद भन्दै बिरोध भइ रहेको छ ।

हत्या भएको दाबीका साथ बिरोधमा बुधबारदेखि डडेल्धुरामा अनिश्चितकालिन राजमार्ग र बजार बन्द गरिएको छ ।

बैंकिङ कसुर मुद्दामा कैलाली कारागारमा असार १ गते चलान गरिएका डडेल्धुराको भागेश्वर गाउँपालिका – ५ का २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको साउन २ गते राति मृत्यु भएको थियो ।


पाली डडेलधुराको सदरमुकाममा न्यू महादेव कष्मेटिक एण्ड सप्लायर्सका सञ्चालक थिए । कैलालीका प्रहरी प्रबक्ता डिएसपी राजकुरमा सिंहका अनुसार एकाएक पाली अश्वस्थ भएपछि कारागारकै स्वास्थ्यकर्मीले सुरुमा उनको स्वास्थ्य चेकजाँच गरेका थिए । कारागारले प्रहरीलाई पठाएको स्वासथ्य चेकजाँचको रिपोर्टमा १०५ डिग्री ज्वरो र रक्तचाप ६०/४० उल्लेख रहेको डिएसपी सिंहले जानकारी दिए ।

त्यही भएर सोमबार राति साढे ११ बजेतिर उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो । चिकित्सले उनलाई राति सवा १२ बजे मृत घोषणा गरेको डिएसपी सिंहले बताए ।


यसै बिषयलाई लिएर डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व गरिएको छ । पालीको हत्या भएको दाबीसहित सत्य तथ्य छानविन हुनु पर्ने मागसहित डडेल्धुरा सदरमुकाममा बजार र राजमार्ग बन्द गरिएको छ ।

घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग अनिश्चितकालिन बन्द गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका कार्यबहाक अध्यक्ष दीपकबहादुर महताले बताएका छन् । उनले घटना छानविनको माग र दोषी माथि कारबाहीको माग गर्दै बक्तब्यपनि जारी गरेका छन् ।


उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष महतराले पक्राउ पछि आफ्ना साधारण सदस्य पालीलाई बाटोबाटै कुटपिट गर्दै लगिएको तथा पक्राउ पछि तत्काल अदालतमा बुझाउन छोडेर चार दिन नियन्त्रणमा राखेर कुटपिट गरेको आरोपपनि लगाएको छ ।

पाली जेठ २९ गते डडेलधुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ परेका थिए । पक्राउ पछि उनलाई जेठ ३० गते कैलाली पुर्‍याइएको थियो ।
प्रहरीका अनुसार बैंकिङ जेठ ३१ गते शनिबार परेको हुँदा असार १ गते मात्रै पालीलाई अदालतमा उपस्थित गराइएको थियो ।


अदालतको आदेशले तोकिएको सजाय भुक्तानीका लागि पालीलाई सोही दिन जिल्ला कारागार कैलालीमा चलान गरिएको थियो । कारागार चलान भएको दोस्रो दिन राति पाली एकाएक बिरामी भएका थिए ।


डिएसपी सिंहका अनुसार पालीका बिरुद्ध जिल्ला अदालत कैलालीले २०८० /११/ २९ गते बैंकिङ कसुरमा १० दिन कैद र दुई लाख जरिवानाको फैसला सुनाएको थियो ।

पाल बिरुद्ध २०८०/०१/२१ गते बैंकिङ कसुर सम्बन्धि मुद्दा दायर भएको थियो । त्यसयता फरारको रुचीमा रहँदै आएका पालीलाई अदालतको सोही आदेश कार्यान्वयका लागि पालीलाई पक्राउ पछि कैलाली कारागारमा चलान गरिएको थियो ।

तर उनको जेल परेको दोस्रो दिनमै मृत्यु भएपछि आफन्तले घटना संकाष्पद भन्दै शब बुझ्न मानेका छैनन् । उनीहरुले छानविनको माग गरि रहेका छन् ।

त्यही भएर पालीको शब सेती अस्पतालको शब गृहमै रहँदै आएको छ । डिएसपी सिंहका अनुसार मृतकका आफन्तको तर्फबाट बुधबार दिउँसो सम्म कुन्े जाहेरी परेको छैन । जाहेरी नपरेका कारण पोष्टमार्टम हुन सकिरहेको छैन । शब अस्पतालमै राखिएको छ ।


आफन्तले मृतक पालीको शरिरमा निलडाम तथा चोटपटक देखिएको भन्दै कारागार भित्र चरम याताना दिइ हत्या गरेको दाबी गर्दै आएका छन् । प्रहरी अधिकारी भने पोष्टमार्टम रिपोर्ट पछि मात्रै पालीको मृत्युको कारण स्पष्ट भन्न सहज हुने बताउँदै आएको छ ।

साथै उनीहरुले प्रहरी नायब निरीक्षक हरिजित नाथको ब्यबहार बारेपनि संकाष्पद दोषारोपन गरेका छन् । नाथले पटक पटक फोन गरि रकम माग्ने गरेको आरोप लगाएका छन् ।

परिवारका सदस्यले असार २ गते मात्रै ८५ हजार रुपैयाँ नाथको खातामा पठाइएको दाबी गरेका छन् । तर, जिल्ला प्रहरी प्रबक्ता सिंहले भने नाथ आँफै जाहेरी वाला भएको हुँदा फैसला कार्यान्वनका सवालमा फोन गरेको बताए ।

नाथको खातामा आफन्तले पैंशा जम्मा गरेको भन्ने कुरा भने जानकारी नरहेको उनले बताएका थिए ।

उत्पन्न समस्या समाधान गर्न पीडित पक्ष संग छलफलका प्रयासहरु जारी रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । तर, आफन्तले भने यातना पछि हत्या भएको भन्दै शब नबुझ्ने अडानमा यथावत छन् ।

प्रकाशित मिति : २०८२ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *