तुलसीपुर, असार २ । नेपाली काँग्रेसका युवा नेता सुरेश हमालले आँफुले सानोमा पढेको बिद्यालयका बिद्यार्थीलाई विद्यालय पोशाक बितरण गरेका छन् ।
दंगीशरण गाउँपालिका – ३ हेकुलीस्थित बीरेन्द्र नमुना माध्यामिक बिद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार ५० बिद्यार्थीको शिक्षामा सहयोग पुगोस भनेर आँफुले निशुल्क रुपमा विद्यालय पोशाक उपलब्ध गराएको हमालले बताए ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति हमालको पुर्खेउली घर दंगीशरणको रावतगाउँ हो । जस्को बिद्यालय शिक्षाको सुरुवात बाल्यकालमा हेकुलीबाटै सुरु भएको थियो ।
आँफुले कखरा चिनेको बिद्यालयलाई युवा नेता हमालले संझिदै त्यहाँ अध्यनरत गरिब तथा जेहेन्दार बिद्यार्थीको अध्यनमा सहयोग पुगोस भनेर बिद्यार्थीका लागि पोशाक वितरण गरेको बताएका छन् ।
परिवारको तर्फबाट हमालका बुवा टोपबहादुर हमाल र दाजु सुरेन्द्र हमालसहितका काँग्रेसका नेता कार्यकर्ता बिद्यालयमा पुगेर सोमबार पोशाक बितरण गरेका थिए ।