२०८२ असार २३ गते मङ्गलवार

तुलसीपुर – घोराही सडक बिस्तारका लागि अब छिट्टै ठेक्का स्वीकृत हुँदै

बोलपत्र माथि सोमबार आर्थिक प्रस्ताब खुल्यो

तुलसीपुर, असार २ । तुलसीपुर – घोराही सडक खण्ड चार लेनमा बिस्तार गर्न अब छिट्टै ठेक्का स्वीकृत हुने देखिएको छ ।


बोलपत्र आह्वान गरेका मध्य चार निर्माण कम्पनीका बारेमा सोमबार आर्थिक प्रस्ताब खोलिए संगै बहुप्रतिक्षित तुलसीपुर – घोराही सडक खण्ड निर्माणका लागि अब छिट्टै ती मध्य एक निर्माण कम्पनीको ठेक्का स्वीकृत हुने निश्चित भएको छ ।
सोमबार आर्थिक प्रस्ताब खोलिए संगै त्यस्को सुनिश्चित भएको हो ।


तुलसीपुर – घोराही सडक चार लेनमा विस्तार गर्ने कार्यका लागि कुल पाँच जनाले बोलपत्र पेश गरेका थिए । ठेक्का हालेका पाँच जना मध्य चार जना निर्माण ब्यबसायी मात्रै प्राबिधिक प्रस्ताबमा सफल भएका थिए । ती चार जना बोलपत्र दाताहरुको आर्थिक प्रस्ताब सोमबार खोलिएको हो ।
जस्मा रौतह / खानी जेभी प्राइभेट लिमिटेड, त्रियुगा नगरपालिका उदयपुर, लामा कनष्ट्रक्सन कम्पनी प्रालि, महाराजागन्ज काठमाडौ, आहिस निर्माण सेवा प्रालि, भक्तपुर – १० चितवन र दिवा / बन्दनाभगवती जेभी बत्तिसपुतली काठमाडौं छन् ।

आर्थिक प्रस्ताब खोलिसकिएको हुँदा अबको प्राबिधिक मूल्याङकन हुने छ । प्राबिधिक र आर्थिक प्रस्ताबको संयुक्त मूल्याङ पुरा गर्न झन्डै असार १५ गतेसम्मको समय लाग्ने अनुमान गरिएको छ ।


त्यसपछि ठेक्का स्वीकृत गर्ने आयशको सूचना जारी हुने छ । सडक डिभिजन दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर बिष्टका अनुसार अबको करिब दुई हप्ता भित्रै ठेक्का स्वीकृत भइ सक्ने छ ।

चार निर्माण कम्पनी मध्य सबै भन्दा कम लागतमा काम गर्न इच्छुक निर्माण कम्पनीले ठेक्का पाउने छ ।

सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग निर्देशनालयले तुलसीपुर–घोराही सडकको स्तरोन्नतिका लागि गत फागुन १ गते पहिलो पटक बोलपत्र आह्वान गरेको थियो ।

भारतीय निर्माण कम्पनी तथ्यले जिम्मा लिए अनुरूप काम नगरेपछि दाङको तुलसीपुर– घोराही चार लेन सडक खण्डको सम्झौता नेपाल सरकारले २०८० जेठमा रद्द गरेको थियो।

त्यसअघि यो सडक स्तरउन्नतिको काम २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले ठेक्का पाएको थियो।

सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्नुपर्ने उल्लेख थियो। सडक बिस्तारको काम भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा तथ्य पाएको थियो।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब साढे २८ किलोमिटर सडक विस्तारको कामको भौतिक प्रगति ६ वर्षसम्म जम्मा १० प्रतिशत पनि भएको थिएन।

त्यसैले पछिल्लो समय नेपाल सरकारले आँफै निर्माण गर्न थालेको हो । त्यही योजना अनुरुप गत फागुन १ गते तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्मको झन्डै २१ किलोमिटर सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न तीन अर्ब ९९ करोड रुपैयाँको बोलपत्र आह्वान गरिएको थियो ।

तुलसीपुर–घोराही सडकखण्ड सहरी सडक भएको हुँदा राष्ट्रिय सडक मापदण्ड अनुरूप बिबिएम र आसपाल्ट विधिबाट कालोपत्रे गर्ने सर्त छ ।

बिबिएम ६ सेन्टिमिटर र अस्पाल्ट ४ सेन्टिमिटर मोटाइमा कालोपत्रे गर्ने प्रावधान राखिएको छ। चार लेन सडकको बीचमा अवस्था हेरी साढे १ मिटरदेखि साढे २ मिटरसम्मको मेडियम पनि निर्माण गरिने छ।

बीचको मेडियम सडक सौन्दर्यकरणका लागि हुनेछ। त्यसमा बोट बिरूवा लगाउनेदेखि सडक सुरक्षाका कुराहरू पनि राख्न सकिने प्रस्ताब छ।

बोलपत्र अनुसार गाडी गु्ड्ने दुबै तर्फको भागमा ७ / ७ मिटर
गरि सडकको १४ मिटर कालोपत्रे हुने छ। प्राबधान अनुसार सडकको कुल भाग भने १५ मिटर एकतर्फ पिच हुनेछ भने बाँकी भाग फुटपाथका लागि छुट्याइएको छ ।


अलि घना बस्ती भएको क्षेत्रमा २ मिटरदेखि त्योभन्दा बढी साढे २ मिटरसम्मको कभरसहितको फुटपाथ नाला निर्माण गरिने छ । सम्झौता भएको मितीले तीन वर्ष अर्थात ३६ महिनाभित्र काम सक्ने प्रस्ताब बोलपत्रमा छ।

प्रकाशित मिति : २०८२ असार १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *