तुलसीपुर,असार २ । तुलसीपुरमा गएराति ट्याक्टरको ठक्करबाट ७ बर्षीय बालक घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ६ गाइडरको हात्ती खौवा चोक बाट राप्ती बबई क्याम्पस तर्फ जाँदै गरेको ट्याक्टरको ठक्करबाट सल्यानको छत्रेश्वरी गाउँपालिका – ४ घर भइ हाल तुलसीपुर – ६ गाइडरमा फुपु सबिना केसी संगै कोठा भाडामा बस्ने पोखराज केसीको छोरा ७ बर्षीय एलमान केसी घाइते भएका छन् ।
घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।
बालकको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
रा १ त ४०९६ न.को ट्याक्टर र चालक तुलसीपुर – ३ दमारगाँउका ४० बर्षीय बिरबहादुर डाँगीलाई प्रहरीले गएराति नै घर बाट नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ असार १ गते सोमवार