२०८२ कार्तिक २९ गते शनिवार

घाँस खेतीबाट मनग्य आम्दानी गर्दै आएका सुरजलाल


देउखुरी, जेठ ३१ । दाङको लमही नगरपालिका वडा नं. २ बरुगाउँका ४१ बर्षीय सुरजलाल चौधरीले बिगत एक दशकदेखि डालेदेखि बिभिन्न प्रजातिका भूइ घाँसको ब्यबसायिक खेती गर्दै आएका छन् ।

जिल्लामै ब्यबसायिक रुपमा डाले लगाएत भूई घाँसको खेती गर्ने चौधरी पहिलो ब्यक्ति हुन । जस्ले हाल आफ्नो २४ कठ्ठा क्षेत्रफलमा बिभिन्न जातका घाँसहरुको खेती गरेका छन् ।

तीन बिभिन्न ठाउँमा उनले सिडलेस किम्बु, नेपियर, सुपर नेपियर, रेड नेपियर, मोलाटो, सुम्बासितेरिया, बडहर लगाएतका दश प्रकारका घाँसहरु रोपेका छन् ।
यतिखेर उनको खेत बारीमा घाँस बिक्रीका लागि तयारी अवस्थामा छ ।


दश बर्ष पहिले सुरजलालले दुई कठ्ठा जमिनबाट घाँस खेती सुरु गरेका उनले घाँस खेतीबाट राम्रो कमाइ गर्दै आएका छन् ।

पशु प्राबिधिक सुरजलाल बिगतमा ती घाँसहरु पशु चौपायालाई खुवाउनका लािग चितवनबाट किनेर ल्याउने गरेको थाहाँ पाएका थिए ।

त्यसैले उनले आफ्नै ठाउँमा घाँस खेती सुरु गरेका थिए । अन्न उब्जिने जमिनमा घाँस खेती गरेको देखेर कतिपयले उनलाई बौलायो भन्दै आलोचना गरेका थिए । ४२ हजारको घाँस पहिलो बर्षमै बिक्री गरेपछि उनी उत्साहित बनेका थिए ।

सुरजलालले दुई कठ्ठा बाट सुरु गरेको घाँस खेती पाँच कठ्ठा क्षेत्रफलमा बढाए । त्यसपछि दश कठ्ठा क्षेत्रफलमा घाँस रोपे । त्यो क्षेत्रलफल बढाउँदै लगेर यति खेर २४ कठ्ठा जमिनमा घाँस खेती गरेका छन् ।


सुरजलालले बार्षिक १४ देखि १६ लाखको घाँस बेच्दै आएका बताए । सिडलेस किम्बु ६ कठ्ठा, रेडिनेपियर ५ कठ्ठा , सुपुर नेपियर ७ कठ्ठा, बाँक जग्गामा मोलाटो, सोम्बासेटेरियासहित झन्डै दश थरिका डाले घाँस रोपेका छन् ।
चौधरी एउटा किम्बुको बोट प्रतिपिस दश रुपैंयाँको दरले बिक्री गर्छन । त्यो लगभग एक हात जति अग्लो हुन्छ । एक सय वडा बोटहरुको मुठ्ठा बनाइ एक हजारका दरले बेच्छन् । यो चौधरलिे रोपेको सबैभन्दा महंगो डाले घाँस हो । सुपुर नेपियरपनि महंगोमा बिक्छ । यस्को डाँठ बिक्री हुन्छ । काट्दा तीन वटा आँख्ला राखेर काटिन्छ ।

त्यो तीन वटा आँख्ला भएको डाँठ चार रुपैयाँमा बिक्री हुन्छ । एउटा बोटबाट चारदेखि पाँच वटा सम्म कटिङ निस्कन्छन् । एउटा बोटबाट १६ देखि २० रुपयाँ कमाइ हुन्छ । जमिन भन्दा दुई इञ्च माथिबाट काट्नु पर्छ । रोपेको तीन महिनामा पहिलो पटक काट्नको लागि तयार हुन्छ ।

हाल उनको खेतमा लाखौं मूल्य बराबरको घाँस बेच्नका लागि तयारी अवस्थामा छ । उनले उत्पादन गरेको घाँस बढी जसो देउखुरी क्षेत्रका चार पालिकाहरु लमही नगरपालिका , राप्ती , गढवा र राजपुर गाउँपालिका बेच्छन् ।

जिल्लाका दशवटै पालिकाका पशुपालक किसान घाँस किन्न आउँछन् ।
छिमेकी जिल्ला प्यूठान, रोल्पा र सल्यानका बिभिन्न पशुपालक किसान घाँस किनेर लैजान्छन् । बाख्रा पालक किसान सबै भन्दा बढी यस्ता घाँस खोज्दै आउने गर्छन ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *