२०८२ असार २४ गते बुधवार

१८८ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

दाङ, जेठ ३१ । कपिलबस्तुमा एक सय ८८ ग्राम ब्राउन सुगर दुइ युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका – ३ खैराटीका २८ बर्षीय बिनोद कुमार पाण्डे र मायादेवी –८ नन्दनगरका ३५ बर्षीय श्यामसुन्दर यादव रहेका छन् ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार उनीहरु मायादेवी गाउँपालिका –१ बर्रोहियाबाट पक्राउ परेका थिए । उनीहरु जेठ २९ गेत बेलुकी ५बजेतिर पक्राउ परेका थिए ।


गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट खटिएको संयुक्त प्रहरी टोलीले फूलिकादेखि बर्रोहियातर्फ आउँदै गरेको लु ९५ प ६०८० नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका थिए ।

मोटरसाइकल चालक पाण्डेको शरिर खानतलासी गर्दा उनले लुकाइ छिपाइ रोखेको अवस्थामा साथबाट १८८ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

जिल्ला अदालतले शुक्रबार उनीहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *