२०८२ असार २४ गते बुधवार

रुकुम पश्चिममा मिनी ट्रक दुर्घटना – दाङका चालकको मृत्यु , सहचालक गम्भीर

दाङ, जेठ २९ । रुकुमपश्चिममा भएको मिनी ट्रक दुर्घटनामा परि दाङका एक जना चाकलको मृत्यु भएको छ । सहचालकपनि गम्भीर घाइते छन् ।

दुर्घटनामा परि दाङको घोराही उपमहानगरपालिका –१० का ४५ बर्षीय भुपेन्द्र महतको मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टले जानकारी दिए ।


घाइते चालक महतलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त दुर्घटनामा परि घोराही – १० कै सहचालक ३४ बर्षीय सुन्दरकुमार बुढा गम्भीर घाइते भएका छन् । डिएसपी बिष्टका अनुसार बुढालाई थप उपचारका लागि बाँकेका रिफर गरिएको छ ।

बिहीबार बेलुका सवा ६ बजेतिर रा १ क १४१२ नम्बरको मिनि ट्रक बेलुकी त्रिबेणी गाउँपालिका – २ सिमरुतमा दुर्घटनामा परेको थियो । ट्रक राप्ती राजमार्ग अन्तरगत खलंगातर्फ पानीको जार बोकेर जाँदै थियो ।

रारा प्रोसेसिङ कम्पनी प्रालिको पानीको जार बोकेको मिनी ट्रक सडकदेखि झन्डै २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

मिनी ट्रक दुर्घटना हुँदा बिधुतको पोल ढल्न पुगी बाटो बन्द भएको र खुलाउने प्रयास जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *